२० बैशाख २०८१, बिहिबार

डोटीमा बाढी पहिरोमा परी थप २ जनाको मृत्यु


सेतीमा पानीको बहाव बढ्यो

डोटी । चार दिनदेखिको बेमौसमी बर्षाका कारण आएको बाढी पहिरोबाट डोटी जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु भएको हो ।

उनको १०० मिटर तल खोला किनारमा शव भेटिएको हो भने सायल-५ गुरेनामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु भएकाको पहिचान नखुलेको र थप उद्धारका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी पहिराका कारण जिल्लामा मङ्गलबार नौजना मृत्यु भएको थियो । जिल्लामा अहिले पनि बर्षा भइरहेको छ भने विद्युत्, सञ्चार सम्पर्क अवरुद्ध भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !