२४ बैशाख २०८१, सोमबार

पूर्वसांसद एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ


इच्छाराज तामाङ

काठमाडौँ । प्रहरीले नेकपा एमालेका पूर्वसांसद एवं सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई पक्राउ गरेको छ ।

आज सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहितलाई पक्राउ गरेको हो । ब्युरो स्रोतका अनुसार तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोग छ ।

केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार तामाङसहितका व्यक्तिलाई सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएका दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सिआइबीका अनुसार तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो । तामाङलाई हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि पक्राउ गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !