२१ बैशाख २०८१, शुक्रबार

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत हउ यान्छीवीच भेटवार्ता


प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत हउ यान्छी

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले आज जङ्गी अड्मा शिष्टाचार भेट गरेकी छिन् । सो अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे विचारविमर्श भएको थियो ।

चिनियाँ राजदूतसँगको भेटबाट नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर एव सुदृढ बनाउन मद्दत पुग्ने विश्वास जनसम्पर्क तथा सूचना निर्देशनालयले भेटपछि विज्ञप्ति निकालेर व्यक्त गरेको छ ।

शर्मा प्रधानसेनापतिमा भदौ २४ गते नियुक्त भएका थिए । प्रधानसेनापति नियुक्त भएपछि चिनियाँ राजदूतले पहिलोपटक शर्मासँग भेट गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !