२६ बैशाख २०८१, बुधबार

आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइरालाको निधन


डा. ऋषिराम कोइराला

काठमाडौँ । आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइरालाको निधन भएको छ । ६३ बर्षको अल्पायुमै उनको निधन भएको जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र पाण्डेले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

पाण्डेले कोइरालालाई नेपालको राष्ट्रिय चिकित्सा विधाका उज्ज्वल नक्षत्रको रुपमा चित्रण गरेका छन् । आयुर्बेदको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विस्तार गर्न उनको अतुलनीय योगदान रहेको पाण्डेले उल्लेख गरेका छन् ।

उनको निधनले चिकित्सा जगतमा ठूलो क्षति भएको हुनुको साथै जीवन र मरणको शाश्वत तथ्यलाई आत्मसात गर्नुको बिकल्प नभएको पाण्डेले बताएका छन् ।

आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष समेत रहेका डा. कोइरालाको आज सोमबार दिउँसो २ बजे ह्याम्स अस्पतालमा धुम्बाराहीमा उपचारका क्रममा निधन भएको हो ।

लमजुङमा जन्मिएका डा. कोइरालाले स्वास्थ्य मन्त्रालय, एनएचआरसी, नरदेवी आयुर्वेद अस्पताल लगायतका निकायमा रहेका योगदान पुर्याएका थिए । गत साउन २३ गते हृद्धयघात भएपछि उनलाई ह्याम्सको सघन कक्षमा राखेर उपचार थालिएको थियो ।

उनले बसुन्धरास्थित आयुर्वेद हेल्थ होम संचालन गरेका थिए । ५ जना कर्मचारीबाट सुरु गरेको उनको आयुर्वेद हेल्थ होममा अहिले १ सय बढीले जागिर गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !