२५ बैशाख २०८१, मंगलबार

उपत्यका निषेधाज्ञा थपियो : कुन बार कति बजेसम्म कुन पसल खुल्छ ? (सूचीसहित)


पसल

काठमाडौँ । काठमाडौं उपत्यका जारी निषेधाज्ञा एक साता थप्ने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को आज बसेको संयुक्त बैठकले जारी गरिएको निषेधाज्ञाको अवधि अब असार १४ गतेसम्म कायम रहने निर्णय गरेको हो ।

अव काठमाडौँ उपत्यका बारका आधारमा व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका जानकारी दिए ।

उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, विद्युतीय, पसल, मोबाइल पसल, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल र घरायसी सामान पाइने पसलहरु बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ला रहनेछन् ।

यस्तै सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, खेलकुद सामग्री पसल, कपडा पसल, फेन्सी पसल, कस्मेटिक पसल, गिफ्ट र टेलरिङ पसल, जुत्ता पसलहरु बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् ।

खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !