१४ बैशाख २०८१, शुक्रबार

आगलागी पीडितलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ, वैशाख २० – मन्त्रिपरिषद्को सोमबारको बैठकले मुलुकका विभिन्न ठाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका घरधुरीलाई प्रतिघर परिवार दुई बन्डल ९२६ गेजको० जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ । गत मंसिर १ गतेपछिका आगलागीपीडितलाई यो राहत दिने निर्णय भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले हालसम्म एक हजार चारसय दुई घर आगलागीबाट पूर्ण क्षति भएको जानकारी दिनुभयो ।

यसैगरी बैठकले मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । बैठकले ६ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

बढुवा हुने सहसचिवहरुमा गोविन्दप्रसाद रिजाल, झक्कप्रसाद आचार्य, नवराज ढकाल, नीता पोखरेल अर्याल, उदयबहादुर रानामगर र गजेन्द्रकुमार ठाकुर हुनुहुन्छ ।
– रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !