२५ बैशाख २०८१, मंगलबार

रोकिएन चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम : भाले गैँडा मृत अवस्थामा फेला


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ । आज निकुञ्जको कोर इलाका सुखिभार कम्प्लेक्स बुढी राप्ती फाटा क्षेत्रमा गैंडा मृत फेला परेको हो ।

उक्त गैंडा निकुञ्ज प्राविधिकको नियमित निगरानीमा सोहि क्षेत्रमा विचरण गरेको निकुञ्जले बताएको छ । निकुञ्ज स्रोतका अनुसार प्रारम्भिक परिक्षणको आधारमा उक्त गैंडा प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !