२३ बैशाख २०८१, आइतबार

इँटा उद्योगका सञ्चालक मियाँ भट्टामा परेर गम्भीर घाइते, उपचारका लागि काठमाडौं ल्याउँदै


इँटा उद्योग

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-३१ बेलवामा रहेको केबीआई इँटा उद्योगको भट्टामा परेर उद्योगका सञ्चालक कलाम मियाँ गम्भीर घाइते भएका छन् । सखुवा पर्सौनी गाउँपालिका-२ का ५० वर्षीय मियाँ उद्योगको भट्टामा परेर गम्भीर घाइते भएका हुन् ।

सञ्चालक मियाँको शरीरको ५० प्रतिशत भाग जलेको स्रोतले बतायो । स्रोतका अनुसार नारायणी बयोधा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !