२२ बैशाख २०८१, शनिबार

चटपटे र पानीपुरीमा भेटियो यस्तो हानिकारक तेल


pani-puri_xM67xqErMj

२६ पुस, काठमाण्डौ । सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरीमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो । विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलवाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको हो ।

‘ कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो’ शाखा अधिकृत पोखरेलले भने ‘ लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई बुझाएका छौं ।’ उपभोक्ताको स्वास्थ्यलाई प्रतिकुल असर पार्ने तेल भएकाले सो तेल बिक्री गर्ने एक जना र खरिद र्ने दुई जनालाई पक्राउ गरी गौशाला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !