१४ बैशाख २०८१, शुक्रबार

चितवनमा प्रहरीको निर्वाचन केन्द्रित ‘सर्च एण्ड स्वीप अपरेशन’


१५ मंसिर चितवन । दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि सुरक्षा बिषयलै लिएर जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचन सुरक्षा योजना अनुसार चितवनका हरेक निर्वाचन क्षेत्रमा ‘सर्च एण्ड स्वीप अपरेशन’ सुरु गरेको छ। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार निर्वाचनको मिति नजिकिए गर्दा सुरक्षा चुनौती थपिदै गएकाले निर्वाचन पूर्वको सुरक्षा योजना अनुसार अपरेशन सुरु गरेको जानकारी दिएका छन।

अधिकांश, शंकास्पद गतिविधि हुनसक्ने ठाउँको पहिचान भएकाले सो क्षेत्रमा प्रहरी परिचालन गरेर आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गर्नका लागि खोजी यो अभियान चलाइएको हो, जसमा कुनै शंकास्पद गतिविधि देखिने बित्तिकै प्रहरीले अनुसन्धान थाल्ने बताए ।

जिल्ला सुरक्षा समितिले चितवनका १६१ मध्ये ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिए। जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन गरिएको र आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन हुने जनाइएको छ। आजैबाट हरेक निर्वाचन क्षेत्रमा प्रहरीको दुईवटा टोली परिचालन गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !