१४ बैशाख २०८१, शुक्रबार

दाङमा बस दुर्घटना, ११ जना गम्भीर घाइते


दुर्घटना

असोज १९, दाङ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रु वाहक बस दाङमा दुर्घटना हुँदा ११ जना गम्भीर घाइते भएका छन् । ना ७ ख ६८४१ नम्बरको बस दाङको लमही नगरपालिका-९ दाङ र बाँकेको सीमाना शिवखोलामा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार चालक निदाएर बस दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । थप जानकारी आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !