२४ बैशाख २०८१, सोमबार

कोरोनाप्रति ध्यान दिएर ल्होसार मनाउन संस्कृतिमन्त्री ढकालको आग्रह


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै सरकारले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै ती समूदायका भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको जनाएका छन् । उनले यस कार्यमा आम नागरिकको तर्फबाट सकारात्मक सहयोगको अपेक्षा पनि राखेका छन् ।

“तामाङ जातिको रीतिथिति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्घन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्नेछ । शेर्पा समुदायको रीतिथिति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्घन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास व्यक्त गर्दछु ।” उनको सन्देशमा भनिएको छ, “सोनाम ल्होछार र ग्याल्बो ल्होछार मनाउने क्रममा विद्यमान कोभिड–१९ का संक्रमणप्रति ध्यान अनुरोध गर्दछु ।”

मन्त्री ढकालले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक एवं सामाजिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएकाले हाम्रो संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको पनि स्मरण गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !