१४ बैशाख २०८१, शुक्रबार

विश्वासको कडि सवैभन्दा हुन्छ बलियो


विश्वास
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

विश्वासको कडि सवैभन्दा हुन्छ बलियो । भनिन्छ नि संसार विश्वासमा अडिएको छ । विश्वास एउटा कडि हो । कसैले भुत छ भन्छ कसैले छैन भन्छ । कुनै पनि कुरामा हामी जब विश्वासको तहसम्म पुग्छौं तब मात्र हामीलाई डरको कारण त्यहाँ भुत-प्रेत छ भन्ने विश्वास जागेकाले हामी डराउने गरेका हुन्छौं । वास्तवमा न भुत छ नत प्रेत नै ।

उपचार गराउन आउने अधिकांशलाई हामी सोध्ने गर्छौं । हजुरले खाने गरेको औषधि ठिक छ भन्दा उहाँ भन्ने गर्नुहुन्छ मलाई उहाँप्रति विश्वास लागेन । हामीले बुझ्नुपर्ने कुरा केछ भने जहाँ विश्वास छ त्यहाँ शक्ति भएको हुन्छ । विगत लामो अनुभव यहाँ दिन गइरहेको छु ।

घट्ना आज भन्दा १५ बर्ष पुरानो हो । मेरो बुबाले धेरै पटक त्यहाँ चमत्कार देखाउनु भएको रहेछ । यो विश्वास उहाँहरूमा रहेकाले होला एकपटक चाडपर्वको समयमा रोटी पकाउदा राम्रोसंग फुरेनछ । मलाई बोलाएर भन्नुभयो सर बुबाले फुकी दिनुहुन्थ्यो हजुरले पनि फुकिदिनुहोस् न ।

भनिन्छ नि संसार विश्वासमा अडिएको छ । विश्वास एउटा कडि हो ।

यो सुनेपछि ठिक छ मलाई ४ कोसा केरा र थोरै घिउ दिनुहोस् भने र गायत्री मन्त्रले फुकिदिए पछि रोटी राम्रो भएपछि लागेको रहेछ भन्ने विश्वास जागेको रहेछ । बास्तबमा रोटीमा भएको कमिलाई घिउ र केराले पुरा गरेको थियो भने मन्त्र केवल आधार थियो ।

हामीले माटो फुकेर दिन्छौं भने विश्वासका कारण निको हुने गरेको हुन्छ । जहाँ विश्वास शुन्य छ त्यहाँ सफलता शुन्य हुन्छ । विश्वासपुर्वक गरेको जस्तोसुकै काम किन नहोस् सफल भएको हुन्छ । रोगको औषधि जतिसुकै राम्रो दिएपनि यदि विश्वास छैन भने रोग निको नहुन सक्छ । यसको पनि ठोस कारण हो औषधि दिने व्यक्तिप्रतिको विश्वास ।

आज हामीलाई कुनै पनि कुरामा जड विश्वास जाग्छ भने माटो फुकेर दिएपनि रोग निको हुन्छ भनेको छ । जहाँ विश्वास छ त्यहाँ शक्ति छ । विश्वास साथ गरेको जस्तोसुकै कामको सफलता हामीलाई पनि मिलेको हुन्छ । विश्वासम फलदायकम भन्ने कुरा हामीप्रतिको विश्वासले पनि देखाएको हुन्छ ।

औषधि नै रोगको औषधि होइन त्यहाँ विश्वास पनि सामेल भएको हुनुपर्छ । विश्वासपुर्वक गरेको जस्तोसुकै काममा सफलता मिल्ने गरेको हुन्छ । दोस्रो विश्व युद्धमा जति मानिस बाहिर मेरेका थिएनन् त्यो भन्दा धेरै मानिस भित्र मरेका थिए । आज कोरोना भाइरसबारे भ्रामक दुस्प्रचारले मानिसको मनमा त्रास पैदा गराएकाले डरै डरले उ विरामी हुन पुगेको छ ।

हामीले त्रास फैलाउने होइन त्यस्ता रोगप्रति यो ठूलो रोग होइन यो रोग लागेमा उपचार हुन सक्छ तर लापरबाही भएमा उपचार गर्न गार्हो हुन सक्छ जस्ता विषयमा विश्वास दिलाउन सके मानिस त्यसै निको हुन सक्छ । रोग लाग्छ रोगको राम्रो उपचार भएमा निको पनि हुन सक्छ ।

अन्तिममा म के भन्न चाहन्छु भने विश्वासको जगलाई बलियो बनाउनतर्फ लागौं । नकारात्मक कुरालाई हटाएर सकारात्मक कुराको विकास समाजमा गर्न सकेमा आधी समस्या आफै हल भइहाल्छ । आजको आधुनिक युगमा असम्भव केहि छैन सवै सम्भव छ भन्नेतर्फ विश्वास दिलाउन सके राम्रो उपलब्धी प्राप्त गराउन सकिनेछ ।

विश्वासको जगलाई बलियो बनाउनतर्फ लागौं । नकारात्मक कुरालाई हटाएर सकारात्मक कुराको विकास समाजमा गर्न सकेमा आधी समस्या आफै हल भइहाल्छ । आजको आधुनिक युगमा असम्भव केहि छैन सवै सम्भव छ भन्नेतर्फ विश्वास दिलाउन सके राम्रो उपलब्धी प्राप्त गराउन सकिनेछ ।

तमसरिया ७ बजारमा एकजना बिरामीलाई बाहिर राखिएको रहेछ । बोलाउनु भयो गएर हेरेका थियौं तर मानिसको अवस्था निकै कमजोर थियो । हामीले उहाँलाई हजुर बाँच्नुहुन्छ कुनै पनि प्रकारको चिन्ता नलिनुस भनेका थियौँ । हामीले मुटुलाई शक्ति दिने खालको आयुर्वेदिक औषधि दिएर क्लिनिकतर्फ लागेका थियौँ अहिले उहाँललाई भित्र सारिएको छ । रोगमा सुधार भएको छ ।

यो पनि पढनुहोस्

जीवनको यात्रा

भगवानको खोजी

पुजा होइन गर्नुपर्छ आराधना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !