६ पुस २०८१, शनिबार

मनुष्यले एकले अर्कोलाई माया (Love) किन गर्छन् ?


माया

भनिन्छ मायामा नै संसार अडिक छ । माया भनेको भित्र मनदेखि गर्नुपर्दछ । साँचो माया त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ । माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रिक पानी भन्दा कञ्चन छ । माया अपार छ, विशाल छ अनि माया महान छ ।

नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । जब मानिसहरु महसुस् गर्ने शव्द खोज्न थाल्छन् । तब एकान्तमा आफै हराउछन् । मायामा मान्छेहरु पागल हुने गर्छन् भने कोहि मायामा बाँचिरहेका हुन्छन् । भनिन्छ, जाने अमृत हो नजाने विष हो । माया शब्द नभएको भए सायद यो संसार फिक्का हुन्थ्यो होला । विभिन्न युगमा विभिन्न विद्वानले मायाको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन् । जति मायाको परिभाषा बुझ्दै गयो त्यति यो मायाको गहिराइले हामीलाई डुबाउँदै जान्छ ।

मायाले नै कति को जीवन एकदमै राम्रो बनाई दिएको छ । तर कति को जिन्दगी नै बर्बाद पारी दिएको छ । यतिसम्म कि उनीहरुले आत्महत्यासम्म गरेका छन् । बिचराहरु माया पाएपछि संसार नै जितेको ठान्छन । तर फेरि यसवाट धोका खाएपछी संसारवाटै हारेको महसुस गर्छन, अनि आफ्नो जिन्दगी नै बर्बाद पर्छन । माया प्रेम नै जीवनको पूर्णता हो । माया अथवा प्रेम विभिन्न प्रकारका उपमाहरुसँग जोडिन्छ जस्तो संसार अथवा जगतलाई गर्ने माया, जीवनलाई गरिने माया, मानबलाई गरिने माया, नातागोतालाई गरिने माया, आमा बुबालाई गरिने माया, सन्तानलाई गरिने माया इत्यादि ।

माया (Love) को कारण के हो ? किन हुन्छ प्रेमी-प्रेमीका बीच आकर्षण ? यस्ता प्रश्नहरूको उत्तर पाउन वैज्ञानिकहरूले कयौँ प्रयास गरेका छन । तिनका केही खोजमा विश्वास गर्ने हो भने दुई प्रेमीबीच ‘इमोसन’ र त्यसमा परिवर्तनको मुख्य कारण हो – शरीरमा हुने रासायनिक तत्व । ‘लभ’ का बिभिन्न बेग्लाबेग्लै चरणहरू ( इन्फेचुएसन, कडलिङ्ग , एट्रेक्सन ) यहाँसम्म कि विश्वासघात (विट्रायल) को पछि पनि केही खास केमिकलको हात हुन्छ ।

वैज्ञनिकहरूका अनुसार आकर्षण वस्तुत: यो न्युरोकेमिकलका भर्चुअल एक्सप्लोजन सरह हुन्छ । ‘पिइए’ एक केमिकल हो जसले नर्भ सेल्स माझ सुचनाको प्रवाह बढाउँदछ । यो रसायनमा डोपामाइन र नोरिफिनेराइन नामक दुई रसायनहरूले बडो रोचक काम गर्दछन । डोपामाइनले गुड फिल को अनुभुति दिलाउँछ तथा नोरिफिनेराइनले एड्रिनलको उत्पादन बढाउँछ । कसैलाई हेर्दा बढ्ने मुटुको धड्कन यि रसायनकै काम हुन । यी तीनटै रसायनले संयुक्तरूपमा काम गर्दछ । यसैकारणले नयाँ प्रेमीले आफुलाई हावामा उडिरहेको तथा एकदमै ऊर्जा पाएका अनुभव गर्दछ ।

कसैसँग कडल-अप गर्ने मन त्यसै हुदैंन । अक्सिटोसिन जसलाई कडलिग केमिकल पनि भनिन्छ । यो त्यसैको कारण हो । अक्सिटोसिन मदरहुडसँग सम्बद्ध रहेको पनि मानिन्छ तर यसले महिला पुरूष दुवैलाइ बढी कुल र एक अर्काको अनुभबलाई संवेदनशील पनि बनाउँदछ । सेक्सुअल भावनामा पनि यसको खास भूमिका हुन्छ । प्रेमी-प्रेमीकाको तस्विर हेर्नु, त्यसबारे सोँच्नुदेखि आवाज सुन्ने, खास एपिरियेन्स सम्मले तपाईको शरिरका अक्सिटोसिनका उत्पादन बढाउन सक्छ । यदि प्रेमी उपस्थित छ भने यही हार्मोनले एक अर्कालाई अँगालो हाल्न प्रेरित गर्दछ ।

इन्फेचुएसन कम हुनासाथ रसायनको एक नयाँ समुहले टेकओभर गर्दछ , जसलाई इन्डोफिन्स (खुसी बनाउने रसायन पनि भनिन्छ)ले सिर्जना गर्दछ । यो पीइएझै उत्तेजक हुदैन तर बढी एक्टिभ र कुल गर्ने हुन्छ । यसैले गर्दा इन्फेचुएसनपछि मायको अर्को चरण अर्थात एटेचमेन्टमा अन्तरङ्गता सँगसँगै, विश्वास, न्यानोपन एवम् सगैँ समय बिताउने जस्तो भावना विकसित हुन्छ । जति यी रसायनको बानी बस्दछ त्यति नै प्रेमी-प्रेमिकालाई एक अर्काबाट टाढिन मुश्किल हुन्छ । यसै कारणले लामो सम्बन्ध टुट्न मानिसलाई असह्य हुने गर्छ । यसको कारण यी रसायनको बानी हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !