७ बैशाख २०८१, शुक्रबार

मन्त्र र आयुर्वेद वारेमा एक रोचक जानकारी


मन्त्र
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदलाई जीवनको विज्ञान भनिएको छ । आयुर्वेदका अनुसार सिद्ध वैद्य त्यो हो जसले मन्त्रको प्रयोगसंगै आयुर्वेद औषधिको प्रयोग गर्दछ । यस विषयमा थुप्रै ग्रन्थमा उल्लेख गरेको पाइन्छ । थुप्रै रोगहरूमा मन्त्र प्रयोग गरी नाम कमाएका वैद्यको लिष्टमा मेरो हजुरबुबा र बुबाको नाम पनि समावेश गर्नुपर्छ ।

घटना धेरै पहिलेको हो एकपटक सानो बच्चालाई औषधि दिएर पठाएको थियो तर औषधि खाना साथ बच्चालाई औषधि उल्टि हुने गरेको हुनाले औषधि चेन्ज गर्न आएकालाई मेरो बुबाले औषधि लिएर फुक्नु भयो र खान दिनुभयो आश्चर्य बच्चाले तत्क्षण औषधि खान दिइयो तर उल्टि भएन ।

यहाँ हामीले एउटा कुरा बुझ्न आवश्यक के छ भने मन्त्रले औषधिमा लागेको नजर हटाउन सक्षम देखिन्छ । मैले थुप्रै लेखहरू लेखि सकेको छु । हरेक वैद्यले मन्त्रको वैज्ञानिक प्रयोगलाई बुझ्न आवश्यक छ । हरेक मानिसको शरीर एउटै प्रकारको हुदैन । कतिपय व्यक्तिहरू पानी फुकेर दिना साथ निको भएका घटना हामीले सुन्न र पढ्न सक्छौं ।

घटना एकपटक सुल चलेर एकजना विरामी हामी कहाँ ल्याइएको थियो उसले आवश्यक औषधि दिइयो तर आराम भएन यो देखेपछि मेरो बुबाले पानी फुकेर सुलको दोहोलो भन्दै पानी खान दिनुभयको थियो आश्चर्य तुरुन्त विरामी निको भयो यो जस्ता अनेकौं घटना हामीले देख्न सक्छौं ।

यदि हामीले आध्यात्मिक तरिकाबाट हेर्छौं भने हरेक प्रकारका रोगहरूलाई पुर्बजन्मको फलको रूपमा लिइएको छ । आयुर्वेदका अनुसार देवी-देवताको ध्यान- स्मरण गर्दै औषधि सेवन गराउन सके तत्क्षण फाइदा हुने देखिएको छ । शारीरिक र मानसिक रोग भगाउन सकिने देखिन्छ ।

जन्‍मान्‍तर पापं व्‍याधिरूपेण बाधते।
तच्‍छान्तिरौषधप्राशैर्जपहोमसुरार्चनै:।।

आयुर्वेदको मान्‍यता अनुसार जप, हवन, देवी,देवताको पूजा,इ सवै रोगका औषधि हुन भनेको छ । यस्ता रोगको नाश गर्नका लागि पूजा र देवताको मन्त्रको उपयोग स्‍पष्‍ट देखिएको छ । दिर्घकालीन रोग लागेकाहरूले देवी देवताको आराधना गर्नाले फाइदा हुने भनेको छ ।

१. बुद्धिहीन तनु जानिके सुमिरौं पवनकुमार ।
बल बुधि बिद्या देहु मोहि हरहु कलेस बिकार ।

२. नासै रोग हरै सब पीरा । जपत निरंतर हनुमत बीरा ।

माथि उल्लेख दुवै दोहाको जप गर्नाले रोग,शारीरिक कमजोरी, मानसिक क्‍लेश आदि हटाउन सकिन्छ । श्रद्धापूर्वक मन-मनमा जप गर्नाले फाइदा देखिन्छ ।

दोहा मन्त्र

बुद्धिहीन तनु जानिके सुमिरौं पवनकुमार ।
बल बुधि बिद्या देहु मोहि हरहु कलेस बिकार ।

चौपाई मन्त्र

नासै रोग हरै सब पीरा ।
जपत निरंतर हनुमत बीरा ।

माथिका दुवै मंत्रलाई श्रद्धापूर्वक १०८ पटक जप गर्नाले जटिल रोगको पनि नाश हुने भनेको छ । रोगीको शारीरिक कमजोरी, मानसिक समस्या सवै हटाउने काम गर्दछ । यो मन्त्र जप कुनैपनि समय जहाँ विरामी छन् त्यहाँ गएर गर्न सकिने छ । मन्त्र पढ्दा श्री हनुमानको ध्यान अवश्य गर्नुपर्ने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !