७ मंसिर २०८१, शुक्रबार

सेक्सबाहेक यी महत्वपूर्ण काममा गरिन्छ कण्डमको प्रयोग


condoms-777x437

परिवार नियोजनको अस्थायी साधनमध्य एक हो कण्डम । यसको प्रयोगले यौनजन्य रोगहरु लाग्नबाट बचाउँछ । विशेषगरी युवापुस्ताले यौनसम्पर्कको बेला यसको प्रयोग गर्ने गर्छन् ।

नेपालमा स्वास्थ्य चौकीहरुमा कण्डम निशुल्क पाइन्छ । तर, अधिकांश मानिसहरु कण्डमलाई सेक्सको समयमा मात्र प्रयोग गर्छन् । सेक्सबाहेक कण्डम धेरै कामका लागि प्रयोग हुन्छ ।

त्यस्तै आज हामी तपाईलाई कण्डमको उपयोगिताबारे जानकारी गराउन गइरहेका छौं ।

घडी वा फोन जोगाउन

जब भारी वर्षा हुन्छ, हामीमा एउटा डर हुन्छ- मोबाइल र घडी भिज्नबाट कसरी जोगाउने ?

ब्याग होस् या गोजी यी सामानलाई पानीले भिजाइछाड्छ । त्यस्तो अवस्थामा मोबाइल वा घडीलाई कण्डमभित्र हाल्नुहोस् । भिज्दैन ।

ट्वाइलेटमा खसेको सामान निकाल्न

ट्वाइलेटमा कहिलेकाहीँ हामीले बोकेका सामानहरु खस्छ । त्यस्तो अवस्थामा हामीसँग तत्कालै पञ्जा पनि हुँदैन । ट्वाइलेटबाट सामान निकाल्न कण्डमलाई हातमा लगाएर खसेको सामान निकाल्न सकिन्छ । यसको प्रयोगले तपाईको हात पनि फोहोर हुन्न र सामान पनि निस्कन्छ ।

पानी भण्डारणका लागि 

यदि तपाई पानी भण्डारण गर्न चाहनुहुन्छ भने प्रयोग नगरिएको कण्डमको सहयोग लिन सक्नुहुन्छ । कण्डममा तपाईले दुईदेखि पाँच लिटरसम्म पानी भण्डार गर्न सक्नुहुन्छ । तपाई यात्राका लागि टाढा जाँदा अन्य भाँडा अभाव भएको अवस्थामा यसको प्रयोग गर्दै फाइदा लिन सक्नुहुन्छ ।

आगो बढाउन

कण्डमले छिटो आगो टिप्छ । यदि तपाई जंगलमा फस्नुभयो र तपाईसँग सलाई वा लाइटर केही छ भने कण्डमको प्रयोग गर्दै आगोलाई चाँडो बिस्तार गर्न सक्नुहुन्छ । जाडो महिनामा आगो सल्काउन गाह्रो हुन्छ, यस्तो बेला तपाईले कण्डम प्रयोग गर्दा राम्रो ।

खुट्टा जोगाउन

वर्षायाममा खोलामा बाढी आउँछ । खोला तर्न मुश्किल हुन्छ । खुट्टा पानीमा नडुबाई हुँदैन । यदि तपाईसँग कण्डम छ र खुट्टा भिजाउन मन छैन ढुक्क हुनुस् । खुट्टामा कण्डम लगाउने र जुत्ता लगाउने गर्दा जुत्ता भिजे पनि तपाईको खुट्टामा एक थोपा पनि पानी पर्दैन ।

कोल्ड प्याक बनाउन

कण्डमबाट कोल्ड प्याक बनाउन निकै सजिलो छ । यसका लागि तपाईले कण्डममा पानी भरेर डि फ्रिजमा राख्नुपर्ने हुन्छ । केही घण्टापछि कोल्ड प्याक बन्छ । जसलाई तपाईले दुखेको ठाउँमा लगाउन सक्नुहुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !