२४ बैशाख २०८१, सोमबार

कस्तो अनौठो मन्दिर जहाँ बाँदरलाई पिलाइन्छ रक्सी


badar

संसारमा धेरै मन्दिरहरु छन् । हरेक मन्दिरमा विभिन्न कहानीहरु पनि जोडिएका हुन्छन् । यस्तै कहानी जोडिएको एक मन्दिर भारतमा छ । त्यो मन्दिरमा भगवानलाई फूलपाती होइन, बाँदरलाई रक्सी खुवाउने गरिन्छ ।

त्यो मन्दिरमा आउने भक्तजनको मान्यता यो छ की बाँदरलाई रक्सी पिलाउनाले मनकामना पूर्ण हुन्छ । बाँदरलाई रक्सी पिलाउने यो स्थान हो ‘खबीस बाबाको समाधी’ । यो समाधीमा फूल प्रसादको रुपमा रक्सीको बोतल बाँदरलाई दिने गरिन्छ । यो स्थान उत्तर प्रदेशको सीतापुरमा छ । यहाँ आउनेहरुले रक्सी चढाउनुका साथै सबै मानिसलाई बाँड्ने समेत गर्छन् ।

यहाँका स्थानीयबासीको मान्यता के छ भने खबीस बाबा भैरव देवताको रुप हो, भैरव देवतालाई जस्तै खबीस बाबालाई पनि रक्सीको आवश्यकता पर्छ । त्यसैले आफ्नो मनकामना पुरा गर्नको लागि रक्सी चढाउने तथा बाँदरलाई खुवाउने गर्छन् । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस् :

आँखाका लागि गाजर र अंगुरमध्ये कुन बढी फाइदाजनक ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !