११ बैशाख २०८१, मंगलबार

आँखाका लागि गाजर र अंगुरमध्ये कुन बढी फाइदाजनक ?


Carrot_grapes

आँखाको दृष्टिलाई तेज बनाउन तथा बालबालिकालाई दृष्टिबिहीन हुनबाट बचाउन गाँजर खुवाउने गरिन्छ । तर आँखाका लागि गाजर भन्दा पनि अंगुर फलदायी हुने एक नयाँ अध्ययनले देखाएको छ । अंगुर नियमित खाँदा आँखाका लागि निकै लाभदायी हुनुका साथै जीवनको उत्तराद्धमा अन्धोपनबाट बचाउने सो अध्ययनमा उल्लेख छ ।

अंगुरले ‘अक्सिडेटिभ स्ट्रेस’ नाम गरेको रसायनिक प्रक्रियाबिरुद्ध आँखालाई बचाउने वैज्ञानिकहरुले बताएका छन् । रसायनिक प्रक्रियाले हानीकारक अणु वा कण रेटिनाभित्र जाने पनि अध्ययनले पत्ता लगाएको छ ।

एन्टिअक्सिडियन्टयुक्त अंगुरले आँखाको दृष्टिलाई बलियो बनाउनुका साथै आँखाका कोषहरुलाई सुरक्षा गर्ने अध्ययनको दाबी छ । रेटिना उज्यालोलाई ‘रेसपोन्स’ गर्ने कोषहरु भएको आँखाको एउटा अंश हो । रेटिनामा हुने कुनै पनि रोगले आँखाको दृष्टि गुम्छ ।

अमेरिकास्थित मिलान युनिर्भसिटीका प्राध्यापक अविगाली हकाम भन्छन्, ‘नियमित अंगुरको सेवन गर्दा आँखाको दृष्टि मजबुत हुनुका साथै अन्धोपनबाट बचाउँछ । ’

न्युट्रेसन नामक अखबारमा प्रकाशित सो अध्ययन अनुसार अक्सिडेन्टल प्रेसरको हानीबाट बचाउन र नमुना प्रयोगशालामा रेटिनाको कार्य र बनौटको रक्षा गर्न अंगुरले महत्वपूर्ण भूमिका खेलेको थियो ।

अध्ययन अनुसार चिस्याईएको र सुक्का पारिएको अंगुरको धुलो मुसालाई खुवाईएको थियो । अंगुरको धुलो खाने मुसाको रेटिनाको संरचना र कार्य अंगुर नखाने मुसाको भन्दा धेरै राम्रो पाइएको थियो ।

‘यस रमाइलो अध्ययनले अंगुर र रेटिनाबीचको सम्बन्धले आखाँको दृष्टि तेज हुने दर्शाएको छ,’ प्राध्यापक ह्याकम्यान भन्छन् ।

अंगुरमा भिटामिन सी, भिटामिन के र बेटाक्यारेटोनी हुन्छ । यस अगाडि गरिएको एक अध्ययन अनुसार नियमित रुपमा एक गिलास अंगुरको जुस खाँदा मुटुको रोग, क्यान्सर र अल्जामर रोगबाट बचाउछ । त्यस्तै वासिंगटन स्टेट युनिर्भसिटीको अर्को एक अध्ययन अनुसार अंगुर खाँदा तौल बृद्धि हुनबाट नियन्त्रण गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !