१८ बैशाख २०८१, मंगलबार

बाराक ओबामा, बिल गेट्स, एलन मस्क लगायतको ट्विटर एकाउन्ट ह्याक


बाराक ओबामा, बिल गेट्स, एलन मस्क लगायतको ट्विटर एकाउन्ट ह्याक

एजेन्सी, साउन १ । अमेरिकका चर्चित व्यक्तिहरू तथा कम्पनीको ट्विटर एकाउन्ड साइबर हमलामा ह्याक भएको छ । पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतकाको ट्विटर ह्यान्डल ह्याक भएको हो । यस्तै ह्याकरहरूको निशानामा एप्पल र उबर जस्ता कम्पनीको ट्विटर ह्यान्डलाई पनि परेका थिए।

बाराक ओबामा ट्विटर एकाउन्ट ह्याक

बिटकोइन घोटालाका लागि ह्याकरले उनीहरुको ट्वीटर एकाउन्ट निशाना बनाएका हुन् । ह्याकरले अर्बपतिका ट्वीटर एकाउन्ट ह्याक गरी त्यसमा बिटकोइन मार्फत डोनेट गर्न अपिल गरिएका ट्वीट गरेका हुन् । ती एकाउन्टबाट पनि बिटकाइन डोनेट गर्न अपिल गरिएका ट्वीट ह्याकरले गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बिल गेट्सको एकाउन्टबाट ट्वीट भएको छ, ‘सबैले यो समुदायलाई केही दिन भनेका छन्, र यो सही समय हो । तपाईँहरु एक हजार डलर पठाउनुस्, म दुई हजार डलर पठाउँछु ।’ यी ट्वीटहरु पोस्ट भएको केही मिनेटमै डिलिट गरिएका छन् ।

ट्वीटरले उत्कृष्ट प्रयास गरी धेरै भेरिफाइड एकाउन्टबाट सोही प्रकृतिका ट्वीट हुनबाट रोकेको जनाएको छ । ह्याकरका कारण पासवर्ड परिवर्तनको प्रयास पनि असफल भइरहेको खबर छ। ट्वीटरले यसबारे अनुसन्धान भइरहेको र चाँडै नै वक्तव्य जारी गर्ने उल्लेख गरेको छ ।

माइक ब्लुमबर्ग, किम कार्डासियन तथा युबर र एप्पल सहितका एकाउन्ट पनि ह्याकरको निशानामा आएका हुन् । बिल गेट्सका प्रवक्ताले समाचार संस्था एपीसँग भनेका छन्, ‘ट्वीटरले सामना गरिरहेको ठूलो समस्याको एक पक्षका रुपमा यो देखिएको छ ।’

बिल गेट्स ट्विटर एकाउन्ट ह्याक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !