२१ बैशाख २०८१, शुक्रबार

जाजरकोट पहिरो अपडेट : ७ जनाको शव भेटियो, ४ जनाको सनाखत


जाजरकोट पहिरो

जाजरकोट, असार २६ । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-४ मा गएको पहिरोमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ भने भेटिएका ७ जनाको शवमध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटक अनुसार उद्धारका क्रममा शुक्रबार दिउँसोसम्म ७ जनाको शव भेटिएका मध्ये एकै परिवारका चारै जना गोपाल सार्की, अर्जुन सार्की, डिल्ली सार्की र वीरेन्द्र सार्कीको सनाखत भएको हो भने अन्य ४ जना बेपत्ताको खोजी कम जारी रहेको छ ।

बिहीबार राति बारेकोट गाउँपालिका-४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको २ वटा घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी उद्धारका लागि बारेकोट गएको छ ।

यो पनि पढ्नुहोस्

जाजरकोट पहिरो : ३ जनाको शव भेटियो, ९ जना अझै बेपत्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !