२६ बैशाख २०८१, बुधबार

जाजरकोट पहिरो : ३ जनाको शव भेटियो, ९ जना अझै बेपत्ता


जाजरकोट पहिरो

सुर्खेत, असार २६ । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-४ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको छ। पहिरोमा परेका ९ जना अझै बेपत्ता छन् ।

बिहीबार राति बारेकोट गाउँपालिका-४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी कार्यालयले पहिरो गएको माटोमुनि ३ जनाको शव देखिएकाले ती शव निकाल्ने काम भइरहेको जानकारी दिएको छ ।

प्रहरी कार्यालयका अनुसार गएरातिदेखि बारेकोट क्षेत्रमा कुनै पनि टेलिफोन तथा प्रहरीको सेटमा समेत सम्पर्क हुन सकेको छैन । गए रातिको वर्षाका कारण पहिरो जाँदा बारेकोट गाउँपालिका ४ मा २ घर पुरिएका छन् ।

पहिरोमा बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी उद्धारका लागि बारेकोट गएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !