२६ बैशाख २०८१, बुधबार

म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु, ३१ बेपत्ता


म्याग्दीमा पहिरो

म्याग्दी, असार २६ । लगातारको वर्षापछि म्याग्दी जिल्लामा आएको पहिरो र बाढीका कारण ३ जनाको मृत्यु भएको भने ३१ जना बेपत्ता भएका छन् । जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्बर ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकाको डाँडाखानीमा १ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

म्याग्दीका प्रमुख प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले पहिरोमा परी ३ जनाको मृत्यु र ३१ वेपत्ता भएको बताएका छन् । उनका अनुसार धौलागिरि गाउँपालिका वडा नम्बर ६ का २३ जना र मालिका गाउँपालिका वडा नम्बर ७ का ८ जना वेपत्ता भएका छन् ।

पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको छ। अहिले उद्दारका लागि गृह मन्त्रालयसँग हेलिकप्टर माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !