१५ बैशाख २०८१, शनिबार

सुनसरीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु


मृत्यु

सुनसरी, जेठ १० । सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । आज दिउँसो साँढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्ज तर्फ जाँदै गेरको को २ प ८८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अंसारीलाई उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममा पौने ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !