२० बैशाख २०८१, बिहिबार

भोजपुरमा भिरबाट लडेर १ जनाको मृत्यु


मृत्यु

बैशाख १४, भोजपुर । भोजपुर पौवादुम्मा-४ कात्तिके बस्ने ५४ बर्षीय बल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे आफ्नै खेतबाट पराल बोकी घरतर्फ आउदै गरेका कार्की बिच बाटोमा परालको भारी बिसाउने क्रममा एक्कासी भिरबाट करिब ३५ मिटर तल झरी बझारिदा उनको घटनास्थलमै मृत्यु भएको भनी स्थानीयले आज बिहान ७ बजे प्रहरी चौकी वास्तिममा जानकारी गराएका हुन ।

घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !