हेटौँडा अस्पतालमा थप एकजनाको मृत्यु Nepalpatra हेटौँडा अस्पतालमा थप एकजनाको मृत्यु
३० बैशाख २०७८, बिहिबार

हेटौँडा अस्पतालमा थप एकजनाको मृत्यु


मृत्यु

मकवानपुर, २२ वैशाख । कोरोना सङ्क्रमणका कारण हेटौँडा अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणका कारण मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वैशाख १५ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनमा वैशाख १४ गते नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यससँगै हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ६ पुगेको अस्पतालले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !