२६ बैशाख २०८१, बुधबार

दम्पतीको शङ्कास्पद मृत्यु


मृत्यु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–३ मा एक दम्पतीको शङ्कास्पद रुपमा मृत्यु भएको छ । शुक्रबार राति आफ्नै कोठामा सुर्खेत पुख्र्याैली घर भएका उमेश केसी र श्रीमती सदीक्षा मृत फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो ।

राती ९ बजे उक्त घटना भएको थियो । केसी ओछ्यानमा मृत अवस्थामा फेला परेको र गिरीको शव भ¥याङ नजिक झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरी स्रोतका अनुसार श्रीमान्को हत्या गरी श्रीमतीले पनि आत्महत्या गरेको अनुमान छ । तर शव परीक्षणपछि मात्रै घटनाको तथ्य कुरा खुल्ने जनाइएको छ । केसीका परिवारले भने कर्तव्य गरेर घटना घटाइएको आरोप लगाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार केसीको टाउकोमा चोट लागेको छ । विसं २०७२ देखि अमेरिकामा बस्दै आएका केसीले केही महिनाअघि मात्रै ग्रिनकार्ड पाएको बताइएको छ । दशैँमा नेपाल आएका उनी अमेरिका फर्कने तयारीमा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !