२८ बैशाख २०८१, शुक्रबार

मणिपाल शिक्षण अस्पतालमा उपचाररत पाेखराका कोरोना संक्रमित पुरुषको मृत्यु


मणिपाल शिक्षण अस्पताल

पोखरा, भदौ ३० । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट पाेखराका १ जना पुरुषको मृत्यु भएको छ । पोखरास्थित मणिपाल अस्पताल उपचाररत कास्की जिल्ला, पोखरा महानगरपालिका-१० का ७० बर्षीय पुरुषको हिजो २९ गते राति ११:२० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् ।

उनी भदौ २५ गते अस्पताल भर्ना भएका थिए भने स्वाब संकलन गरेर परीक्षण गर्दा भाद्र २८ गते आइतबार उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी क्यान्सर रोगवाट ग्रसित थिए । योसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

गण्डकी प्रदेशमा आज बिहान ४७ जना र दिउसो ४ जना गरी थप ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११६ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !