२२ बैशाख २०८१, शनिबार

बुटवलमा कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु


मृत्यु

बुटवल, भदौ १७ । रूपन्देही जिल्लाको बुटवलमा कपिलवस्तुकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु-११ की ६० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गत भदौ ७ गते कोरोना पोजिटिभ भई अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखी उपचार गरी रहेको थियो । पहिलेदेखि उच्च रक्तचापकी बिरामी उनमा श्वासप्रश्वासको समस्या र ज्वरो समेत रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !