१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १४९ पुग्यो


आत्महत्या

काठमाडौँ, भदौ ७ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज झापाका ५८ वर्षीय पुरुष १ जना, पर्साकी ५७ वर्षीया महिला १ जना र सर्लाहीकी ३३ वर्षीय महिला १ जना गरी ३ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको हो ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ८१८ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१९३५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २८१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १८६३१ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२६ जना, ललितपुर जिल्लाका १२ जना र भक्तपुर जिल्लाका २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । झापाका ५८ वर्षीय एक पुरुष, पर्षाको एक ५६ वर्षीया महिला र सर्लाहीको एक ३३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ । यो मृत्युदर सून्य दशमलव ४७ प्रतिशत हो ।

अहिले होम आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ४९७ रहेको छ । आइसोलेशनमा रहेका सङ्क्रमितको सङख्या आठ हजार ७२४ रहेको छ । आज देशभर सक्रिय सङ्क्रमितो सङ्ख्या जम्मा १३ हजार १५५ रहेको छ । संस्थागत आइसोलेसनमा नौ हजार २१२ जना रहेका छन् । होम आइसोलेशनमा तीन हजार ९४३ जना छन् । आइसियुमा उपचाररत १३७ जना छन् । बाग्मती प्रदेशका १० जना भेन्टिलेटरमा छन् ।

जिल्लागत ५०० भन्दा बढि कोरोनाका सङ्क्रमित रहेका ६ जिल्लामा मोरङ, पर्षा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँ रहेका छन् । सङ्क्रमित सून्य रहेका जिल्ला मुस्ताङ, म्याग्दी र हुम्लालगायत पाँच जिल्ला छन् । काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकोले सङ्क्रमण समुदायमा गयो भने नियन्त्रण गर्न नसिकने भन्दै मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गरी मास्क लगाउन, साबुन पानीले हात धुन र स्यनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले कभ्यालेसन प्लाज्मा थेरापी शुरु गरेको जानकारी गराए । उहाँका अनुसार हालसम्म देशभरका १५ अस्पतालमा यसको अनुसन्धान शुरु गरिएको छ । ती अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नायायणी अस्पताल, काठमाडौँ विश्व विद्यालय चिकित्सा विज्ञान कलेज, भरतपुर अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, भेरी प्रदेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, ग्राण्डी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी बल अस्पताल रहेका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को जोखिम नियन्त्रण गर्दै विश्वभरका क्रियाकलापलाई अवलम्बन गर्दै जानअगाडि बढ्न हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान अफ कोभिड–१९ कम्युनिकेसन स्टार्टेजी स्वीकृत गरी आजदेखि कार्यान्वयमा ल्याइएको प्रवक्ता प्राडा गौतमले जानकारी दिए । उहाँले आन्तरिक र बाह्य सञ्चारलाई व्यवस्थित गर्ने, सबै तहका सरकारबीच प्रभावकारी सञ्चार समयमै पारदर्शीताका साथ समाचार प्रवाह गर्न यसले सहयोग पुग्ने बताउनुभयो । कोभिडको जानकारी लिन रणनीतिक सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु