६ बैशाख २०८१, बिहिबार

काठमाडौं उपत्यकामा आज १६६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ

काठमाडौँ, भदौ ७ । काठमाडौं उपत्यकामा आज १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२६ जना, ललितपुर जिल्लाका १२ जना र भक्तपुर जिल्लाका २८ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ८१८ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१९३५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २८१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १८६३१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज २१६ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !