, आज थपिए कोरोनाका नयाँ ८१८ संक्रमित, नेपालमा संक्रमितको संख्या ३१९३५ पुग्यो

नेपालमा संक्रमितको संख्या ३१९३५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ८१८ संक्रमित

आज थपिए कोरोनाका नयाँ ८१८ संक्रमित, नेपालमा संक्रमितको संख्या ३१९३५ पुग्यो

काठमाडौँ, भदौ ७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ८१८ जनामा पुष्टि भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि हुनेहरुमा २२० जना महिलाहरु र ५९८ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आइतबारसम्म ६००४४४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १३१५५ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९२१२ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ३९४३ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ११४१४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२६ जना, ललितपुर जिल्लाका १२ जना र भक्तपुर जिल्लाका २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २८१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १८६३१ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३१ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ६३४ संक्रमित