१४ बैशाख २०८१, शुक्रबार

कैलालीमा होम क्वारेन्टिनमा बसेकी १ जना महिलाको मृत्यु


मृत्यु

कैलाली, असार २० । कैलाली जिल्लाकोे गोदावरी नगरपालिका-१० मा होम क्वारेन्टिनमा बसेकी १ जना महिलाको मृत्यु भएको छ । हिजो राति स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले बताएका छन् ।

जेठ २६ गते भारतबाट फर्केकी ४८ वर्षीया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बस्दै आएकी थिइन् । प्यारालाइसिस र रक्तचापको समस्या उनमा पहिलेदेखि भएको परिवारले बताएको छ ।

उनको कोरोना परीक्षणका लगि स्वाब नमूना संकलन गरी धनगढी पठाइएको छ । रिपोर्ट आएपछि शव व्यवस्थापन गरिने शाहीले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु