१४ बैशाख २०८१, शुक्रबार

बैतडीमा क्वारेन्टिनमा खाना पकाउने १ जना पुरुषको मृत्यु


मृत्यु-निधन

बैतडी, असार १३। बैतडी जिल्लामा क्वारेन्टिनमा खाना पकाउने भान्सेको मृत्यु भएको छ । आज शनिवार जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले पुष्टि गरेका छन् ।

मृतक २ महिनादेखि दशरथचन्द नगरपालिका-४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने काम गर्ने गर्थे । शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएपछि उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै उनले मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताएका छन् । अहिले उनको शव व्यवस्थापन बारे छलफल भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु