२४ बैशाख २०८१, सोमबार

धनुषाकाे मृतक शम्भु सदाकाे लासमाथि खेलवाड : समाजसेवी संजय महरा


धनुषाकाे मृतक शम्भु सदाकाे लासमाथि खेलवाड : समाजसेवी संजय महरा
महेश सिंह
महेश सिंह

सिरहा, ३ असार । धनुषाकाे सबैला नगरपालिकामा केहि दिन अगाडि ईलाका प्रहरी कार्यालय सबैलामा शम्भु सदालाई हत्या गरी मृत शरिरलाई शौचालयमा झुन्डियाएको आशंका रहेको अवस्थामा शव फेला परेकाे छ । सिंगाे मधेसका दलितहरूप्रति निन्दनीय घटना र दलितप्रति जघन्य अपराध भएको छ ।

२ नम्बर प्रदेशमा दलित आन्दोलन शसक्त रुपले भई रहेको छ । दलित भएकै कारणले शम्भु सदाकाे लासमाथि खेलबाड भएको समाजसेवी संजय महराको आरोप रहेको छ । महरा दलित जागरण केन्द्र नेपाल गोल बजारको सचिब समेत रहनु भएको हो ।

असार २ गते राज्यका निकाय जिल्ला प्रशासन कार्यालय धनुषामा भएको हत्याकाे सम्झौताले सिंगाे दलित आन्दोलनलाई र मृतक परिवारलाई धाेखेवाज भएको छ । ३ तीन बुंदे सम्झौतामा नत हत्यारालाई कारबाही हुने सुनिश्चित छ र नेकपाकाे सरकार र प्रदेश नम्बर २ काे सरकारसंग विश्वत हुने खाले आधार नत शम्भु सदाकाे आत्माकाे चिरशान्ति पाउनेछ ।

केही जनालाई शम्भु सदाकाे लासमाथि टेकेर दलित नेता भनाउने र आन्दोलनकाे व्यक्तिगत लाभ हुनेतिर लागेकाे ३ बुंदे सम्झौताले प्रष्ट पारेकाे देखिन्छ । दलित आन्दोलन जारी छ । शम्भु सदाले न्याय नपाएसम्म सिरहा लगायत जिल्लाहरूमा आन्दोलन उग्ररूप लिन्छ दलित अगुवाहरुले सरकारलाई चेतावनी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !