२३ बैशाख २०८१, आइतबार

पूर्णिमाको हत्या आफ्नै प्रेमीवाट


निधन

३ वैशाख, काठमाण्डौ । आइतबार राति साढे ८ बजेतिर टोखा ७ धापासी हाइटको करिडोर सडकमा मृत भेटिएकी महिलाको आफ्नै प्रेमीले हत्या गरेको खुलेको छ ।

बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय पूणिर्माप्रति शंका लागेको विजयले बयान दिएका छन् । आइतबार पनि कोठामा जान आग्रह गरेको तर, नमानेपछि आफूले ढुंगाले हानेको उनले प्रहरी समक्ष स्वीकार गरे ।

मतृक गोरखा घर बताउने करिव ३२/३३ वर्षकी पूणिर्मा विक भएको खुलेको छ । उनी मिस्त्री काम गर्थिन् । श्रीमानले छाडेपछि पछिल्लो समय उनीसँगै काम गर्ने पर्सा ठोरी घर भई धापासी बस्ने विजय तामाङसँग नजिकिएकी थिइन् ।

मिस्त्री काम दुबै जना उनी सात महिनादेखि धापासी हाइटमा सँगै बस्दै आएको खुलेको छ ।

पुणिर्मालाई ढुंगाले हानेर हिँडेका उनी कोठामा पुगेर खाना पकाएर खाएका थिए । सोमबार विहान प्रहरीले पक्राउ गरेपछि मात्र उनले पुणिर्माको मृत्यु भएको थाहा पाएको बताएका छन् । उनको कोठामा रगत लागेको पाइन्ट भेटिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !