२२ बैशाख २०८१, शनिबार

अर्कै केटा मन पराएको भन्दै सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने व्यक्तिहरु पक्राउ


एसिड प्रहार

साउन ९, काठमाडौं । राजधानी काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ पक्राउ गरेको छ । दही किन्न भनी डेराबाट बाहिर निस्केकी ओखलढुंगा घर भई हाल सीतापाइलमा बस्दै आएकी युवती पवित्रा कार्कीमाथि बिहीबार राति पौने ९ बजे एसिड प्रहार भएको थियो ।

पक्राउ पर्नेहरुमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौँको डल्लु बस्ने मोहमद आलम र सोही स्थान बस्ने मुन्ना मोहमद रहेका छन् । मुन्ना भारतीय नागरिक हुन् ।

युवतीले अर्कै केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । उनीहरुलाई नार्गजुन-४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टका अनुसार एसिड प्रहार गरिएकी युवतीको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।

यो पनि पढ्नुहोस्

राजधानी काठमाडौँमा एक युवतीमाथि एसिड प्रहार

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !