२१ बैशाख २०८१, शुक्रबार

राजधानी काठमाडौँमा एक युवतीमाथि एसिड प्रहार


एसिड प्रहार

काठमाडौं, साउन ८ । राजधानी काठमाडौँको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि आज बिहीबार राति पौने ९ बजे एसिड प्रहार भएको हो ।

दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । उनलाई कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिएका छन् ।

उनको मुखमा एसिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भई रहेको भट्टले जानकारी दिएका छन् । तेजाब प्रहार गर्ने व्यक्ति पक्राउ परेका छैनन् । एसिड प्रहार गर्ने ब्यक्ति फरार भएका छन् ।

हाल एसिड प्रहार गर्ने फरार ब्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । साथै यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइ रहेको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !