२१ बैशाख २०८१, शुक्रबार

पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट


कुटाकुट

जाजरकोट, १० वैशाख । जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ । कुटपिटबाट नेपाली घाइते हुनुभएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिनुभयो ।

कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली खटिएको थियो ।

खानेपानीको व्यवस्था नगरेको भन्दै कुटपिट भएको बताइएको छ । घाइते अध्यक्ष नेपालीलाई उपचारका लागि सुर्खेत लगिएको बस्नेतले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !