१५ बैशाख २०८१, शनिबार

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ


अमरगढी, २९ जेठ । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा नाति पक्राउ परेका छन् । सो गाउँपालिकाको कुँवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा राधादेवी गिरीलाई धान कुट्ने काठ ९मुसल०ले बुधबार राति टाउकोमा हिर्काएका थिए ।

घाइते वृद्धलाई उपचार क्रममा अस्पताल लैजादा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । रोशनलाई अमरगढी नगरपालिका–११ फिन्नेकोटस्थित लिटिरगाउँको जङ्गलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !