२५ बैशाख २०८१, मंगलबार

काठमाडौँबाट स्कुटी चोरेर मेलम्ची पुर्याउने २ जना पक्राउ


Arrested accused

मेलम्ची, १२ जेठ । काठमाडौँबाट हराएको स्कुटी मेलम्चीमा भेटिएको छ । काठमाडौँ महानगरपालिका–५ गौचरनबाट हराएको स्कुटी आइतबार प्रहरीले चेकजाँच गर्ने क्रममा मेलम्चीमा भेटिएको हो । प्रदेश ३–०२–००१ प १९२७ नं को स्कुटीलाई मेलम्चीमा प्रहरीले रोकी जाँच गर्दा उक्त स्कुटी चोरीको भएको थाहा भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

चोरीको भनी शङ्का लागेर ट्राफिक महाशाखा रामशाहपथमा बुझ्दा उक्त स्कुटी मिति २०७६ माघ १६ मा काठमाडौँ गौचरनमा रहेको ग्यास र पानी आपूर्ति पसल अगाडिबाट हराएको तामाङले जानकारी दिनुभयो ।

स्कुटी काठमाडौँ–३० बस्ने प्रभात थापाको भएको बुझिएको छ । स्कुटी चलाएर हिँड्ने मेलम्चीका २३ वर्षीय अच्युत श्रेष्ठ र विकास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँ काठमाडौँमा आवश्यक कारवाहीका लागि पठाउने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !