१४ बैशाख २०८१, शुक्रबार

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ६९१ वटा सवारी साधनहरु नियन्त्रणमा


लकडाउन उल्लघंन गर्ने ६९१ वटा सवारी साधनहरु नियन्त्रणमा

काठमाण्डौ, २५ बैशाख । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ६९१ वटा सवारी साधनहरु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहानदेखि साँझ ६:५० बजेसम्म उक्त संख्यामा सवारी साधनहरु नियन्त्रणमा लिएको हो ।

जस अनुसार ६२८ वटा २ पाङ्ग्रे सवारी साधनहरु र ६३ वटा ४ पाङ्ग्रे सवारी साधनहरु गरी जम्मा ६९१ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । यी सवारी साधनहरु काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लावाट नियन्त्रणमा लिएको हो ।

स्रोत : महानगरीय उपत्यका ट्राफिक प्रहरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !