७ मंसिर २०८१, शुक्रबार

भागरथी हत्या प्रकरणका अभियुक्त दिनेशलाई ५ दिन हिरासतमा राख्न अनुमति


भागरथी भट्टको हत्या प्रकरणका आरोपी दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ । भागरथीको हत्या प्रकरणमा उनको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले आज बुधबार दिनेशलाई सार्वजनिक गरेको थियो ।

दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताएका छन् ।

आज बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको थियो । सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा दिनेश भट्ट अध्ययरत हुन् भने भागरथी यहि विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा दिनेशलाई पक्राउ गरिएको बताए ।

भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ । भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

यो पनि पढ्नुहोस्

भागरथी भट्टको हत्या प्रकरणका आरोपी दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक

घरायसी रिसिबीका कारण बलात्कारपछि भागरथीको घाँटी थिचेर हत्या गरेको अभियुक्तको बयान

भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई आज सार्वजनिक गरिदै

भागरथीको उनकै विद्यालयका दिनेश भट्टद्वारा बलात्कार र हत्या गरेको स्वीकार

भागरथी हत्या प्रकरणमा सार्वजनिक पदमा रहेका एक शंकास्पद व्यक्ति पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !