२२ बैशाख २०८१, शनिबार

हतियार र लागुऔषधसहित दुई युवक पक्राउ


पक्राउ

लहान, १३ कात्तिक । कटुवा पेस्तोल र प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका २ बन्दीपुरबजारबाट कटुवा पेस्तोल र लागुऔषधसहित स्थानीय २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादवलाई पक्राउ गरेको हो ।

डिम्पलको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक थान गोली र नाईट्रोभेट ट्याब्लेट छ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपीक्षक शालिग्राम पौडेलले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !