२३ बैशाख २०८१, आइतबार

झापामा नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ


पक्राउ

झापा, असार २६ । झापाको दमक नगरपालिका-१ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहिवार राती ११ बजे ईलामको चुलाचुली गाउँपालिका-३ घर भई दमक नगरपालिका-‍१ मा बसोबास गर्ने २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ-३ घर भएका १६ बर्षीय रोहन राईलाई ४९.१ ग्राम नियन्त्रीत लागुऔषध ब्राउन सुगर तथा ५२ हजार ६ सय ५ रुपैयाँ नगद सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !