१५ बैशाख २०८१, शनिबार

नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना


नेपालगञ्ज विमानस्थलमा विमान दुर्घटना

१५ चैत, काठमाडौं । काठमाडौंबाट कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । उक्त वाइ १२ विमान अवतरणका क्रममा समस्या आएर रन-वे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।

ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गएर जहाज रोकिएकोले विमानमा सामान्य मात्र क्षति भएको तर कुनै मानवीय क्षति भने भएको छैन । अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जानेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !