२६ बैशाख २०८१, बुधबार

टिपरसँग ठोक्किएर स्कुटर चालकको मृत्यु


दुर्घटना

१२ पुस, पाल्पा । टिपरसँग ठोक्किएर पाल्पाको तिनाउमा स्कुटर चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-३ ड्याम साइटस्थित सिद्धार्थ राजमार्गमा टिपरलाई ओभरटेक गर्दा स्कुटर चालक बुटवल उपमहानगरपालिका-१३ रुपन्देहीका २५ वर्षीय सिद्धान्त थापाको आज मृत्यु भएको छ ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १७६३ नम्वरको टिपरलाई सोही दिशाबाट जाँदै गरेको लु १९ प २८०३ नम्वरको स्कुटरले ओभरटेक गर्ने क्रममा सोही टिपरमा ठोक्किन जाँदा थापा घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन र टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !