१५ बैशाख २०८१, शनिबार

विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते


स्कुल

६ कात्तिक, काठमाडौं । तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलको बरण्डा बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते भएका छन् । बरण्डामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डा भाँचिएर घाइते भएका हुन् ।

घाइते विद्यार्थीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ । घाइते विद्यार्थीहरुलाई उपचारका लागि बालाजुको ग्रिनसिटी अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !