१४ बैशाख २०८१, शुक्रबार

प्युठानमा जीप दुर्घटना : ५ जनाको मृत्यु, ११ जना घाइते


दुर्घटना

प्युठान । प्युठान जिल्लामा जीप दुर्घटना हुँदा ५ जनाको यात्रुको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप दुर्घटनामा मृत्यु भएका सबै प्रशासनका कर्मचारी रहेको बुझिएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा सूर्य पन्थी, यमलाल पन्थी, इश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की रहेका छन् । यद्यपि मृतकको पुरा ठेगाना खुलि सकेको छैन भने ४ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रशासन कार्यालयका कर्मचारीले रिजर्भ गरेर नयाँ वर्षमा प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार जीपमा १६ जना सवार जीपमा गम्भीर घाइते भएका ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । अहिले सबै घाइते ११ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारको लागि हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भई रहेको छ । दुर्घटनास्थल स्वर्गद्वारी नजिकै रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु