१४ बैशाख २०८१, शुक्रबार

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना : बेहुलाबेहुलीसहित १३ जना घाइते


दुर्घटना

धनगढी । कैलाली जिल्लामा जन्ती बोकेको विवाहको गाडी दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका-४ मा बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको गाडी गएराति ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा परी १३ जना घाइते भएहरुमध्ये चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको अत्तरियास्थित पद्मा अस्पताल र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका-३ बस्ने २१ वर्षीय गोबिन्द लुहार र बेहुली बैतडीको दोगडाकेदार गाउँपालिकाकी १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएतापनि उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु