२० बैशाख २०८१, बिहिबार

पासोमा चितुवा


चितुवा

तनहुँ, ३ वैशाख । बन्दीपुर गाउँपालिका–४ स्थित लोहीपाखामा पासो बनाइ राखिएको खोरमा आज बिहान एक चितुवा फेला परेको छ । चितुवाबाट धेरै बालबालिकाको ज्यान गएपछि डिभिजन वन कार्यालयले काठको खोरमा पासो थापेको थियो ।

खोरमा परेको यो आठौँ चितुवा रहेको वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । सोही क्षेत्रमा गत माघ १३ गते चितुवाको आक्रमणबाट ११ वर्षीय इशाक विश्वकर्माको ज्यान गएको थियो ।

पासो थापेको खोरमा चितुवा फेला परेको जानकारी प्राप्त भएको र आफू त्यसतर्फ जाने तयारी गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाका १६ स्थानमा १६ खोर निर्माण गरी राखिएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !